परिचय

 

वेल्टार वसाहा नगरपालिका पुर्वअञ्चलन विकास क्षेत्र अन्तरगत सगरमाथा अञ्चलको उदयपुर जिल्लाको पुर्वी क्षेत्रमा अवस्थित रहेको एक नगरपालिका हो । यो नगरपालिका नेपाल सरकारवाट घोषणा भई मिति ०७१/०१/२५ गतेवाट स्थपना भएको हो । यसको भौगलिक अवस्था  २६ ७५' देखि २६ ८५' उत्तरी अक्षांस तथा ८६ ८६' देखी  ८६ ९७'पुर्वी देशांन्तरममा  फैलिएको छ । यसको कुल क्षेत्रफल ६८.९ वर्ग कि.मि. रहेको छ । ०६८ जनगणना अनुसार यस नगरपालिको जनसंख्या कुल २३८१८ र हालको वेसलाईन सर्भे अनुसार ३१६३४ र घरघुरी संख्या ५६२८ रहेको छ ।